अफगानिस्तानमा इरानले मानवीय सहायता सामग्री पठायो


इरानले अफगानिस्तानका लागि मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि इरानले यो तेस्रो पटक सामग्री पठाएको हो ।

इरानले विशेषगरी खाद्य सामग्री पठाएको छ । करिब १५ टन सामग्रीमा खाद्यान्न र औषधि रहेको तेहरान टाइम्सले जनाएको छ । इरानले पठाएको सामानसहितको ल जहाज आइतबार अफगानिस्तानको काबुल विमानस्थलमा अवतरण गरेको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि शनिबार पनि इरानले करिब २१ टन सामग्री अफगानिस्तान पठाएको थियो ।

अफगानिस्तानका विद्रोही तालिबानीहरुले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्न लगायतका सामग्रीको खाँचो परेको बताइएको छ ।–एजेन्सीको सहयोगमा