मध्य भोटेकोशीको आईपोओ २० गतेबाट सर्वसाधारणलाई


असोज २० गतेबाट मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसााधारणका लागि प्राथमिक शेयर आईपीओ जारी गर्ने भएको छ । कम्पनिले असोज २० गतेबाट सर्वसाधारणका लागि ९० लाख कित्ता आईपीओ जारी गर्न लागेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । सो शेयरमा इच्छुक लगानिकर्ताले छिटोमा २० गतेबाट २५ गतेसम्म आवेदन दिन सक्नेछन भने सो अवधीमा पुर्ण रुपमा आवेदन नपरेमा कम्पनिले समय थप गर्ने छ ।

१ करोड ५० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको कम्पनिले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि ६० लाख कित्ता शेयर निष्कासन गरिसकेको छ । बाकि रहेको ९० लाख कित्ता शेयर १ सय रुपैयाँ अंकित दरमा सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले कम्पनीको आईपिओलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । सो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।