सेयर बजारमा ७० अंकले गिरावट, आज ५ अर्ब ७४ करोड बराबरको कारोबार


सेयर कारोबार मापक नेप्से परिसूचक साताको मंगलबार करिब ७० अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा यो करिब २ दशमलव ६१ प्रतिशतले कमी आएको हो ।

आइतबार र सोमबार पनि उच्च अंकले घटेको बजारले मंगलबार पनि सोही अनुपातमा घटेको हो ।

अघिल्ला दिनमा जस्तै मंगलबार पनि सेयर बजारमा उतारचढाब भएको हो । तर, अधिकांश समय बजार ओरालो लागि नै रहयो । सो दिन पनि कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।

दिनभरीको कारोबारमा २ सय १६ कम्पनीका ५ अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।