कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कंडेललाई विश्व मुटु दिवसको अवसरमा सम्मान


काठमाडौं, असोज १३ । हट टु हट नेपाल संस्थाले समाज सेवामा पु¥याएको योगदानको कदर गर्दै कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रममा सञ्चालक कृष्ण प्रसाद कंडेललाई विश्व मुटु दिवसको अवसरमा सम्मान गरेको छ । सेप्टेम्बर २९ लाई विश्वभर मुटु दिवस मनाउन थालिएको अवसरमा यस संस्थाले एक समारोहका बीच स्वास्थ क्षेत्र तथा समाज सेवामा बिषेश योगदान पु¥याउनेलाई सम्मान गरेको हो ।

कार्यक्रममा विशेषत मुटु रोगीलाई विभिन्न सहयोगी संस्था तथा व्यक्तिहरुको सहयोगमा मार्फत १२ वर्ष देखि योग्दान पु¥याउदै आएका फाउण्डेशनका अध्यक्ष कंडेललाई सम्मान गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेको हट टु हट नेपालका अध्यक्ष विपिन राईले बताए ।

यस वर्ष सम्मानित हुनेहरुमा अध्यक्षसहित मुटु रोग विशेषज्ञ डा.रवि मल्ल, क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्र प्रसाद बराल, मृगौला रोग विशेषज्ञ प्रा.डा.ऋषिकुमार काफ्ले र नशा रोग विशेषज्ञ डा.बसन्तराज पन्तलाई सम्मान गरेको छ । कार्यक्रमा प्रमुख अथिति स्वास्थ तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ, बिशिष्ट अथिति ललितपुर महानगरपालिका नगर प्रमुख चिरिबावु श्रेष्ठ, विशिष्ट अथिति मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालालगायतको सहभागी थिए ।