कुकुरसहित झुण्डिएर महिलाले गरिन् आत्महत्या


काठमाडौं, ५ असोज । पोखरामा एक महिलाले कुकुरसहित झुण्डिएर आत्महत्या गरेकी छन् । गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं. १ शान्तिपुर घर भई हाल पोखरा महानगरपालिका वडा नं. १७ बेलघारी बस्ने ५५ वर्षीया कोपिला राना कुकुरसहित झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा वडा नं. २१ स्थित फुस्रेखोलाको एक रुखमा कुकुरसहित एउटै डोरीमा झुण्डिएको अवस्थामा कोपिला भेटिएकी थिइन् ।

पोखरामा छोरीको घरमा बस्दै आएकी कोपिला आफ्नै घरमा पालेको कुकुरसहित मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालले बताउनुभयो । उनी आइतबार राती अबेलासम्म पनि घरमा नआएपछि खोजतलास गर्ने क्रममा सोमबार विहान १० बजेको समयमा स्थानीयले कोपिलालाई कुकुरसहित झुण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थियो । छोरीको घरमा पालेका दुईवटा बाख्रा लिएर सधैं चराउन जाने उक्त स्थानमा कोपिला मृत अवस्थामा भेटिए पछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको डिएसपी हमालले जानकारी दिनुभयो ।