साहज उर्जाको आईपीओ बाँडफाँट, करिब १३ हजारको आवेदन रद्द


काठमाडौं, असोज १७ । साहस उर्जा कम्पनीको साधारण शेयर आईपीओ बाँडफाँट भएको छ । आइतबार कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटले आईपीओ बाँडफाँट गरेको हो ।

६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले शेयर पाएका छन् । धेरेको आवेदन रद्द भएको छ । बिक्री प्रवन्धक क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २३ लाख ८३ हजार ४ सय ६० जनाले आवेदन दिएका थिए यस मध्ये १२ हजार ९ सय ९६ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।