प्रधानन्यायाधीशलाई कोरोना संक्रमण, कानून व्यवसायीको आन्दोलन रोकियो


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी भएर अस्पताल भर्ना भएपछि कानुन व्यवसायीको एक महिना देखिको नाराजुलुस बन्द रोकिएको हो ।

मंगलबार सर्वोच्च अदालतमा जम्मा भएर धर्ना कार्यक्रमलाई निरन्तरता दिए पनि उनीहरुले नारा जुलुस नगरेका हु्न ।

यसअघि धर्नामा चोलेन्द्र शमेशेरको राजीनामा माग गर्दै नारा लगाउँदै आएका थिए। मंगलबार भने मौन रहेको नेपाल बारका महासचिव लिलामणि पौडेलले बताएका छन् ।

‘राणा बिरामी भएर अस्पताल भर्ना भएको खवर आएकाले अस्पतालमा भएको विरामीविरुद्ध नारा जुलुस नगरेको कानून व्यवसायीले जनाएका छन् । आन्दोलन जारी राखे पनि आज मौन रहेको भन्दै राणाको स्वास्थ्य लाभको कामना गरेको महासचिव पौडेलले बताए ।

भोलिबाट आन्दोलनलाई कस्तो रुपमा लैजाने भन्ने आज छलफल हुने भएको छ । कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका छन्।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको डा. प्रविण नेपालले जानकारी दिए।