हिन्दु परिषद नेपालबाट माघ १५ गतेदेखि २२ गतेसम्म निर्णायक आन्दोलन गर्ने घोषणा


हिन्दुराष्ट्र कायम गर्न माग गर्दै हिन्दु परिषद नेपालले आन्दोलन गर्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै परिषदले मंसिर २७ र २८ गतेबाट आन्दोलनको तयारी एवं माघ १५ गतेदेखि २२ गतेसम्म निर्णायक आन्दोलन गर्ने जानकारी दिएको हो ।

धार्मिक र सामाजिक कार्य गर्दै आएको परिषदले माघ १ गते ¥याली गर्ने, १६ गते १ घण्टा नारा÷जुलुश गर्ने, १७ गते धार्मिकस्थलमा पूजापाठ एवं प्रार्थना गर्ने, १८ गते सरोकारवालासँग अन्तरक्रिया गर्ने, १९ गते सिठ्ठी जुलुश गर्ने, २० गते ¥याली गर्ने, २१ गते मोटरसाइकल ¥याली गर्ने र २२ गते कोणसभा गर्ने भएको हो ।

आवश्यकत्तानुसार आन्दोलनका कार्यक्रम तय गर्दै जाने एवं राष्ट्रप्रेमी र धर्मप्रेमी संघ÷संस्थासँग समन्यव र सहकार्य गर्ने पनि परिषदले जनाएको छ ।
कार्यक्रममा बोल्दै हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले आन्दोलन रहरले नभई बाध्यताले गर्न लागेको बताउँदै नेपालीहरुको पहिचान खोस्ने काम भएपछि हिन्दुराज्य स्थापनाको लागि आफूहरु सडकमा आउन लागेको स्पष्ट पारे ।

उनले आफूहरुको संस्था नै हिन्दूराष्ट्र स्थापना गर्नको लागि खोलिएको पनि बताए । उनले उनले धार्मिक र सामिाजिक कार्य गरेर परिषदले हालसम्म ७ लाख नेपालीहरुलाई जोड्न सकेकोमा खुशी व्यक्त गरे ।

नेपालमा ‘जहाँ हिन्दु समाजलाई अप्ठ्यारो पारिन्छ त्यहाँ हिन्दुको पक्षमा परिषद उभिने’ पनि उनले सुनाए । उनले गत छठ पर्वको अवसरमा हिन्दुहरुलाई मुस्लिमहरुले नराम्रो व्यवहार गरेको सुनाए । प्रदेश नम्बर–२ का ६ जिल्लामा हिन्दुहरुमाथि आक्रमण गरेको भन्दै हिन्दुहरुलाई गरिएको अपमान परिषदलाई सैह्य नहुने चेतावनी दिए ।

उनले अहिलेका कतिपय नेताहरुले जहिलेपनि हिन्दु देवी देवताहरुलाई गाली गरेको भन्दै गुनसाो पोखे । उनले हिन्दु समाजलाई गाली गर्नेहरुलाई प्रगति गरेर देखाउन पनि उनले चुनौती दिए ।

अध्यक्ष पटेलले जातजातिको नाममा विभिन्न षड्यन्त्र गरेर हिन्दुहरुलाई समाप्त खेल भएको समेत आरोप लगाए । विभिन्न कामको नाममा हिन्दु धर्मालम्बीहरुलाई अन्य धर्ममा जान बाध्य बनाईएको समेत उनको भनाई थियो ।

नेपालमा धेरै ईसाइकरण भएको समेत उनले बताए । पुजा गर्नुपर्नेमा गौमाताको उल्टै हत्या भइरहेकोमा आफूहरुलाई दुःख लागेको पनि उनले सुनाए । उनले भने,‘नेपालीको पहिचान भनेकै हिन्दु धर्म हो । नेपालीहरुको पहिचान मेटाउन धर्मनिरपेक्षता लागु गरियो । हिन्दुराष्ट्रको विरोध गर्नेहरु नै विदेशीका गुलाम हुन् ।’

अहिलको अवस्थामा नेपाली जनताको माग भनेकै हिन्दुराष्ट्र नेपाल भएकोले आफूहरुसँग आन्दोलन गर्नुको विकल्प नरहेको पटेलको भनाई थियो । उनले स्थानीय, प्रदेश र केन्द्रको सहकार्यमा आन्दोलन गर्ने लागेको समेत जानकारी दिए । परिषदले गर्न लागेको आन्दोलनमा ५० संस्थाहरुको साथ रहेको स्पष्ट पारे ।

बिना क्षति नेपाल हिन्दुराष्ट्र बनाउने परिषदको अभियान रहेको उनको भनाई थियो । नेपालीको पहिचानको लागि आन्दोलन गर्न लागेको उनले प्रस्ट पारे । आन्दोलनको एक सुत्रीय माग भनेको हिन्दुराष्ट्र कायम गराउनुमात्रै रहेको उनले बताए । परिषदको केन्द्रीय सदस्य श्रीमती पिंके महाशेठले प्रेश वक्तव्य पढेर सुनाएकी थिइन् ।

परिषदका आन्दोलनका तयारी सम्बन्धि कार्यक्रमहरु यस्ता छन् ः

१.मंसिर २७ र २८ गते केन्द्रीय कमिटीको बैठक विरगञ्जमा हुने

२.पुस ९ र १० गते राष्ट्रिय सम्मेलन विरगञ्जमा हुने

३.पुस १५ गते प्रदेश नं ४ स्तरीय हिन्दुवादी अगुवा सम्मेलन पोखरा

४.पुस १७ गते प्रदेश नं २ स्तरीय हिन्दुवादी अगुवा सम्मेलन जनकपुरधाम

५.पुस २० गते प्रदेश न.१ मा स्तरीय हिन्दुवादी अगुवा सम्मेलन विराटनगर

६.पुस २३ गते प्रदेश नं ३ स्तरीय हिन्दुवादी अगुवा सम्मेलन हेटौडा

७.पुस २४ गते प्रदेश नं ५ स्तरीय हिन्दुवादी अगुवा सम्मेलन बुटबल

८.पुस २७ गते प्रदेश नं ५ स्तरीय हिन्दुवादी अगुवा सम्मेलन नेपालगञ्ज

९.पुस २९ गते प्रदेश नं ७ स्तरीय हिन्दुवादी अगुवा सम्मेलन धनगढी

१०.माघ १ गते प्रदेश नं ६ स्तरीय हिन्दुवादी अगुवा सम्मेलन सुर्खेत

११.माघ ७ र ८ गते काठमाडौंमा आन्दोलनको पुर्व तयारी सम्बन्धमा राष्ट्रिय सम्मेलन गर्ने ।