नेकपा एसका चन्द्रबहादुर शाही मन्त्री बने


नेकपा समाजवादीबाट कर्णाली प्रदेशमा मन्त्री थपिएका छन् । कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो मन्त्रिपरिषदमा मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीको सपथ ग्रहण गराएका हुन । नेकपा माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीनामा दिएपछि जीवनबाहदुर शाही मुख्य मन्त्री बनेका हुन ।