खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारीमा रेग्मी


लामो समयदेखि खाली रहेको युवा तथा खेलकुद मन्त्रालयको सचिवमा दामोदर रेग्मी नियुक्त भएका छन् । रेग्मी यस अघि गण्डकी प्रदेशको मुख्य सचिव रहेका थिए ।

खेलकुद मन्त्रालयले काज सरूवा मागेर सचिव रेग्मीलाई सिंहदरबार बोलाएको हो ।

खेलकुद मन्त्रालय झन्डै दुई महिनायता सचिव विहीन हुदाँ हरेक काम प्रभावित भएका थिए ।
तत्कालिन सचिव केदार न्यौपाने असोज १२ गतेबाट अनिवार्य अवकाशमा गएपछि मन्त्रालय सचिव विहीन बनेको थियो।

नयाँ खेलकुद मन्त्री महेश्वर गहतराज नियुक्त भएपछि मन्त्रालयले नयाँ सचिव ल्याउन गृहकार्य गरेको थियो । मन्त्री आएको एक महिना पछिमात्र सचिवले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सचिव नहुँदा मन्त्रालयका गतिविधि समेत प्रभावित बनेको थियो ।