सुपर मार्दी हाईड्रोपावरले आईपिओ जारी गर्ने


सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रथामिक शेयर आईपिओ शेयर निष्काशन गर्ते कार्य अगाडी बढाउनको छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिमा नियुक्त गरेको छ । कम्पनीले ३१ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो।

कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गभईरहेको छ। हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको छ।

आयोगकोे स्वीकृति पश्चात तुरुन्तै नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमतीको लागि निवेदन पेश गर्ने कम्पनील जानकारी गराएको छ ।

शेयरको प्रत्याभूति सम्बन्धमा भएको सम्झौतामा सुपर मादी हाईड्रोपावरकोतर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटलबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।