इन्द्रेणीकी कलाकार कृष्णा बजगाईसंग हास्यकलाकार दिपकराज गिरीको दमकेदार दोहोरी


काठमाडौं, मंसिर ०३। चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकस्थित धनभक्तेश्वर महादेव मन्दिरमा विहिबार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हास्य कलाकार दिपकराज गिरीसहित कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेललगायतका कलाकारले लोकदोहोरी गित प्रस्तुत गरेका हुन । मन्दिरमा पुरानो हिटी धारासहित संरक्षण गरीएको छ । विशेषत कार्तिक शुक्ल पूर्णीमाको दिन हरेक वर्ष यस मन्दिरमा पूजा गर्ने तथा विशेष कार्यक्रम गरी मनाउने गरिन्छ । कार्यक्रममा इन्द्रेणीका कलाकारहरुले बेजोड दोहोरी गित प्रस्तुत गरेका हुन ।

कार्यक्रममा हास्यकलाकार दिपकराज गिरी र सामाजिक गायिक कृष्णा बजगाईले दोहोरी गाउदा दर्शक निकै रमाएका थिए । गिरी आफ्नी श्रीमतीलाई साथमा राखेर दोहोरी प्रस्तुत गर्दा सबै निकै रमाइलो भएको सहभागीहरुले जनाएका थिए । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र केसीले इन्द्रेणी कार्यक्रम साचिकै दिनदुःखीहरुको सेवामा दिनरात लागी परेको भन्दै सामाजिक कार्यको प्रशंसा गरे ।

कार्यक्रममा स्थानीय सहयोगी मनका धनी बुवा आमाहरुले इन्द्रेणी कार्यक्रम मार्फत दिनदुःखी, गौशाला तथा दिर्घरोगीहरुलाई सहयोग गरेका छन् । चन्द्रागिरी नगारपालिका इतिहाससंग जोडिएकाले यो क्षेत्रमा पृथ्बीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा टोलीका सहभागी धनक्तेश्वर गिरी यसै स्थानमा बसोवास गरेको भने इतिहास पाइन्छ । उनै गिरीका सन्तानहरुहरु अहिले अहिलेपनि यस क्षेत्रमा मन्दिरको रुपमा स्थापना गरि आफ्ना कुलपुरखालाई सम्झिने गरेका छन् ।