शेयर बजार निरन्तर ओरालो आज ३२.३१ अंकले घट्यो नेप्से


कारोबारको अघिल्लो दिन ७ं.९० अंकले बढेको नेप्से मंगलबार फेरि ओरालो लागेको छ। यसदिन ३२.३१ अंकले घटेर २७ सय ३३.१२ विन्दुमा झरेको छ। नेप्से घटेपनि कारोबार रकम भने समान्य बढेको छ।

यसदिन २२७ कम्पनीको ७४ लाख ४८ हजार ३ सय ६६ कित्ता सेयर ४ अर्ब १६ करोड मूल्य बराबरमा खरिदबिक्री भयो। सोमबार ३ अर्ब ९२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यस्तै सेयर कारोबारको अघिल्लो दिन आइतबार ३ अर्ब ९२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन अन्य समूहबाहेकको परिसूचक राताम्मे भएको छ।

फाइनान्स समूहको परिसूचक सर्वाधिक ३ प्रतिशतले घटेको छ। यस्तै, जलविद्युतको २।३४, डेभलपमेन्ट बैंकको २.२३ र होटल तथा पर्यटनको २.७ प्रतिशतले सेयर मूल्य घटेको हो। त्यस्तै ट्रेडिङ, निर्जीव विमा,उत्पादन, विमा, लगानीलगायत समूहको परिसूचक १ प्रतिशत बढीले घटेको छ। १२ समूहको परिसूचक घट्दा अन्यको ०.९४ प्रतिशतले मूल्य बढेको हो।

यस्तै, यसदिन मनुषी लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। नेपाल दूरसंचार कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ। सो कम्पनीको ४१ करोड ५७ लाख २४ हजार ६३ रुपैयाँमा सेयर खरिदबिक्री भयो।

त्यस्तै दोस्रोमा नेसनल हाइड्रो पावर कम्पनीले १२ करोड २१ लाख २४ हजार ७ सय ८१ रुपैयाँमा सेयर कारोबार गरेको छ।