राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन


काठमाडौं, मंसिर ०८। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय शेर्पाको बुधबार बिहान ३ बजेतिर निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले सेतोपाटीलाई जानकारी दिए।

पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहँदै आएका शेर्पाले त्यसअघि अमेरिका, चीन र भारतलगायतमा गएर उपचारसमेत गराएका थिए। तर उल्लेख्य सुधार नभएपछि उनी स्वदेश फर्किएका थिए। अमृत साइन्स क्याम्पसका पूर्व सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष हुन्।

उनको अन्तिम संस्कार र श्रद्धाञ्जली कार्यक्रममा लागि परिवारसँग छलफल भइरहेको महासचिव थापाले जानकारी दिए।