प्रभु साहले एमाले महाधिवेशनमा प्रदेश २ बाट एक लाख जनसहभागिता जुटाउने घोषणा


नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभामा प्रदेश २ बाट मात्र एक लाख जनसहभागिता जुटाउने घोषणा गरेका छन् । पूर्वमन्त्री एवम् विकासप्रमी युवा नेताको रुपमा पहिचान बनाएका नेता साहले प्रदेश २ बाट एक लाखको हाराहारीमा कार्यकर्तालाई महाधिवेशन स्थल लैजाने तयारी भएको बताएका हुन ।
जनपरिचालन कमिटीका सह–संयोजक समेत रहेका नेता प्रभु साहको सक्रियतामा हरेक वडामाबाट सहभागीताको लागि तयारी भएको हो । एमाले नेता साहले रौतहटका सबै स्थानीय तहका नेता कार्यकर्ताको भेला आयोजना गरी चितवनमा हुने दशौं महाधिवेशनमा रौतहटबाट अधिकतम संख्यामा सहभागी गराउन निर्देशन दिएका हुन ।

गरुडास्थित तुल्सीलाल अमात्य स्मृति भवनमा आयोजित भेलालाई सम्बोधन गर्दै साहले रौतहट कम्युनिस्टको भूमि रहेकाले पनि यहाँबाट सबैभन्दा धेरै सहभागिता रहने बताए । हरेक स्थानीय तहको वडा वडाबाट आ–आफ्नो ब्यानरसहित अधिकतम संख्यामा सहभागी हुन निर्देशन दिँदै उनले चितवनबाट एमालेले देशलाई नयाँ सन्देश दिने बताए । नेता साह माओवादी केन्द्रका भएपवनि पाटी विभाजन हुदां एमालेमा लागेका हुन ।