संयन्त्र सरकारलाई नियन्त्रण गर्न नबनेको प्रचण्डको भनाई


नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुद्ध दलहरुबीचको संयन्त्रसमझदारी र सम्बन्ध बलियो बनाउन बनेको बताएका छन् । आज विहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यो संयन्त्र सरकारलाई निन्त्रण गर्न वा दबाव दिनका लागि बनेको होइन । गठबन्धन पार्टीहरुबीचको समझदारी राम्रो र बलियो बनाउनका लागि बनेको हो ।’ उनले संयन्त्र सरकारभन्दा माथि नरहेको पनि स्पष्ट पारे ।

सत्तारुढ दलहरुबीचको गठबन्धन आगामी चुनावसम्म रहने प्रचण्डको भनाइ थियो । पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले बाहिर गठबन्धनको विरोध भइरहे पनि भित्रभित्रै सबै पार्टीले गठबन्धन चाहिरहेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले तीन तहकै निर्वाचन एक साथ हुनु पर्नेमा जोडमा दिए । ‘तीन तहकै निर्वाचन एक साथ भएमा खर्च कम हुनेछ’, उनको भनाई छ ।

पत्रकारको एक जिज्ञासाको जवाफमा प्रचण्डले अदालत स्वतन्त्र निकाय रहेको र यसको गरिमा रहनु पर्नेमा स्पष्ट पारे । उनले सर्वोच्चमा देखिएको गतिरोध समाधान हुने र सकारात्मक निर्णय आउनेमा आफू आशावादी रहेको बताए । ‘यदि, त्यसो भएन भने गठबन्धनले पनि समस्या समाधानका लागि पहलकद्मी भूमिका निर्वाह गर्नेछ’, उनको भनाई छ ।
यसैगरी, एमसीसीको विषयमा सबैसँग सल्लाह गरेर अगाडि बढ्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । उनले सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने भन्दै हालको सरकारलाई अझ तदारुकताकासाथ काम गर्न निर्देशन समेत दिए ।
भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड कैलाली गएका हुन ।