कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत धादिङमा सिरक डसना वितरण


काठमाडौं, मंसिर ०८ । कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनले जाडोको समयमा विपन्न, आर्थिक अभावमा रहेका अपाङ तथा जाडोमा जीवन बिताउँन बाध्यहरुलाई सहयोग गरेको छ । फाउण्डेशन मार्फत विभिन्न मनकारीहरुको सहयोगमा अध्यक्ष कृष्ण प्रसाद कंडेलले विवरण गर्नुभएको हो ।

जाडो यामको शुरूवातमा धादिङ जिल्लाको मलेखु सितल बजार आसपासमा रहेका विपन्न १० परिवार, अपाङ र बृद्धबृद्धालाई १० सेट सिरक डसनासंँगै आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । जाडोमा न्यानो ओछ्यानको व्यवस्थापन भने इन्द्रेणीमार्फत भुटान चिराङ सलापी हाल सिड्नी अष्टे«लियाबाट स्वर्गीय ससुरा तिलाचन्द्र खतिवडाको आत्माको शान्तिको कामना गर्दै आर्थिक सहयोग गर्नुभएको थियो ।

फाउण्डेशनले स्वदेश तथा विदेशमा रहेका विभिन्न दुःख मर्कामा परेका विपन्न वर्गमा व्यक्ति तथा समुदाय, दिर्घरोगी, अशक्त, अपाङ तथा प्रकृतिक प्रकोपमा परी समस्यामा परेकाहरुलाई १३ वर्षदेखि निरन्तर रुपमा सहयोग गर्दै आएको छ ।