अन्तर व्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा स्पेन प्रस्थान


काठमाडौं, मंसिर ०९ । अन्तर व्यवस्थापिका संघ (आईपीयू) १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार स्पेन प्रस्थान गर्नुभएको छ । प्रतिनिधिमण्डल (बुधवार) बेलुका ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट त्यस तर्फ प्रस्थान गरेको हो ।

सभामुख नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्यहरु देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई रहनु भएको छ । यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखको प्रमुख स्वकिय सचिव अर्जुन खत्री के.सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावसका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी हुनुहुन्छ ।

अन्तर व्यवस्थापिका संघ (आईपीयू) र स्पेनको संसदको आयोजनामा यहि मंसिर १० देखि १४ ९२६ देखि ३० नोभेम्बर २०२१ ० स्पेनको म्याड्रिडमा आई पी यूको १४३ औं सम्मेलन हुँदै छ । सभामुखले विभिन्न कार्यक्रममा सम्बोधन गर्ने तालिका रहेको छ । सम्मेलनमा सहभागी प्रतिनिधिमण्डल मंसिर १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।