महिला टी-२० विश्वकप छनोट : आज नेपाल र मलेसिया भिड्दै, नेपाललाई जित्नैपर्ने दवाव


काठमाडौं, मंसिर १० । आइसीसी महिला टी-२० विश्वकप छनोटमा आज नेपाल र मलेसिया भिड्दै छन् । खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।अर्को चरणमा पुग्नको लागि नेपाललाई जित्नैपर्ने दवाव छ । यदि मलेसियाविरूद्ध पराजित भए शीर्ष स्थानमा रहेर अर्को चरणमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त हुनेछ ।

शीर्ष स्थानमा रहेर ग्लोबल छनोट पुग्न नेपाललाई बाँकी दुबै खेलमा फराकिलो जितको आवश्यक देखिन्छ । यस प्रतियोगिता विजेताले आगमी वर्ष हुने टी–२० ग्लोबल छनोट खेल्न पाउनेछ । हालसम्म नेपालले मलेसियाविरूद्ध दुई अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुबै खेलमा नेपालले मलेसियालाई हराएको छ ।

पहिलो खेलमा हङहङसँग ६ विकेटले पराजित भएको नेपालले भुटानलाई ८ विकेट र कुवेतलाई ९ विकेटले पराजित गर्दै दोस्रो स्थानमा छ । नेपाल ३ खेलबाट ४ अंकका जोडेको छ । अंकतालिकको शीर्षस्थानमा रहेको घरेलु टोली युएईले ३ खेलबाट ६ अंकका जोडेको छ ।