सचिवमा एमाले नेता भानुभक्त ढकालको उम्मेदवारी घोषणा


काठमाडौं, मंसिर १० । पर्वूमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकालले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबारबाट सुरू हुन लागेको १० औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनमा सञ्चारकर्मीसँगै ढकालले आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिएका छन् ।

पूर्व मन्त्री समेत रहेका सहमतिमै नेतृत्व चयन गर्दा पनि पार्टीको नेतृत्वले विवेक पुर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याउनेमा आफू विश्वस्त रहेको बताएका उनले निर्वाचन जाँदा आफ्नो उम्मेदवारी सचिव पदमा उम्मेदवारी रहने बताएका हुन् ।

कार्यकर्ताको भावना सम्बोधन गर्न आफू सचिवमा उम्मेदवारी दिन लागेको बताएका महाधिवेशनको स्वास्थ्य समितिको संयोजक समेत रहेका ढकालले कार्यकर्ताले सहयोग गर्ने बताएका हुन । प्रतिनिधिले चितवनबाट फर्किंदा एमालेको सचिवको रूपमा हेर्न चाहेको उनको दाबी छ ।

कोरोना भाइरस संक्रमणको महामारीको समयमा नेपाली सेनासँग मिली स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै ढकालको चौतर्फी आलोचना भएको थियो ।