नेकपा एमालेका १० वटा महाधिवेशन कहाँ, कहिले र को प्रमृुख भएन ?


नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ । एमालेले ७२ वर्षे इतिहासमा ऐतिहासिक महाधिवेशन गर्दैछ । १० वटा महाधिवेशन कहाँ कहाँ भएका थिए । ती महाधिवेशनका को–कोले नेतृत्व लिएका छन् ।

स्थापनाः विसं २००६ वैशाख १० गते
संस्थापक नेता– पुष्पलाल

पहिलो महाधिवेशन
विसं २०१० माघ १० –२० गते
पाटन, ललितपुर र काठमाडौं
महामन्त्री– मनमोहन अधिकारी

दोस्रो महाधिवेशन
विसं २०१४ जेठ १५ – २५ गते
दरबारमार्गस्थित फोहरादरबार, काठमाडौँ
महासचिव– डा केशरजङ्ग रायमाझी

तेस्रो महाधिवेशन
विसं २०१९ वैशाख ४ –१५
महासचिव– तुल्सीलाल अमात्य

चौथो महाधिवेशन
विसं २०४६ भदौ ९ – १४ गतेसम्म, सिरहाको
विष्णुपुरकट्टी, सर्रे अम्बास
नेकपा९एमाले०को आयोजना
महासचिव– मदनकुमार भण्डारी

पाँचौंँ महाधिवेशन
विसं २०४९ माघ १४ – २० गते
दशरथ रङ्गशाला–कमलादी, काठमाडौँ
मूल नारा–‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौँ,
माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौँ
अध्यक्ष– मनमोहन अधिकारी, महासचिव– मदनकुमार भण्डारी

छैटौँ महाधिवेशन
विसं २०५४ माघ १२ – १८ गते, नेपालगञ्ज, बाँके
मूलनारा–‘विकृति र विसङ्गतिका विरुद्ध सङघर्ष गरौँ,
विचारधारात्मकरुपमा पार्टीलाई एकताबद्ध पारौँ
अध्यक्ष– मनमोहन अधिकारी, महासचिव–माधवकुमार नेपाल

सातौं महाधिवेशन
विसं २०५९ माघ १८ – २२ गते, जनकपुर, धनुषा
मूल नारा– ‘प्रजातन्त्र, शान्ति र समग्र विकास,
प्रतिगमनविरुद्ध अग्रगामी निकास १’
महासचिव–माधवकुमार नेपाल ।

आठौँ महाधिवेशन
विसं २०६५ फागुन ५– १४, बुटवल, रुपन्देही
मूल नारा– ‘‘यथास्थिति, अराजकता र विखण्डनका विरुद्ध आठौँ महाधिवेशन, राष्ट्रिय एकता, सामाजिक रूपान्तरण र लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ संविधान १’
अध्यक्ष – भलनाथ खनाल, महासचिव– ईश्वर पोखरेल

नवौँ महाधिवेशन
विसं २०७१ असार १९ – साउन १ गते, भृकुटीमण्डप, काठमाडौँ
मूल नारा– ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौँ १’
अध्यक्ष– केपी शर्मा ओली, महासचिव– ईश्वर पोखरेल

प्रथम विधान महाधिवेशन
विसं २०७८ असोज १५ – १७, गोदावरी, ललितपुर
नीति, सङ्गठन र विधानसम्बन्धी दस्तावेज पारित
मूल नारा–‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ १’

दशौं महाधिवेशन
विसं २०७८ मङ्सिर १० – १२ गते, नारायणगढ र सौराहा, चितवन
मूल नारा– ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ १’
अध्यक्ष र महासचिवको टुगो लाग्न बाँकी छ । यद्यपि अध्यक्षमा भने ओली नै दोहोरीने निश्चित छ ।