सरकार र आन्दोलनरत कानुन व्यवसायीहरुको वार्ता सुरु


प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुबीच वार्ता तथा छलफल सुरु भएको छ ।

आज बालुवाटारमा सुरु भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकरीका साथै आन्दोलनरत कानून व्यवसायीहरु समेत सहभागी भएका छन् ।

लामो समयदेखि सर्वोच्च अदालतकै न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् । पछिल्लो पटक सर्वोच्च अदालतको नियमावली संशोधन गरेर १५ मंसिरदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ ।

नेपाल बार एशोसिएसनले भने जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताएको छ । एक महिनाभन्दा बढि समयसम्म आन्दोलन गर्दा मुद्दाको फौसलामा ढिलाई भएको छ ।