एमाले एकताबद्ध छ– नेता पोखरेल


नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले एकताका साथ महाधिवेशनमा होमिएको बताउनुभएको छ । दशौं महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी कार्यकर्ताहरुलाई शुभकामना दिँदै पोख्रेलले भन्नुभएको छ, ‘पार्टी एकताबद्ध र एकढिक्का छ । यतिबेला नेतृत्वप्रति असहमति प्रदान गर्ने कुरा पार्टी र आन्दोलनको हितमा हँुदैन ।’

बिगतका महाधिवेशनमा जस्तो यसपटक कोही पनि समूहगतरुपमा बिभाजित नभएको भन्दै पोख्रेलले महाधिवेशनले सशक्त र एकताबद्ध एमाले निर्माण हुने बताउनुभयो । ‘हामी कुनै बिचार समूहमा बिभाजित भएका छैनौं । महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण गर्दैंछौं’, पोखरेलले भन्नुभएको छ, ‘कार्यकर्ताहरुले दिएको म्याण्डेट अनुसार हामी अगाडि बढेका छौं । कार्यकर्ताहरुको म्याण्डेट बिपरित हामी अगाडि बढ्दैनौँं ।’