लिम्पियाधुरामा प्रत्यक्ष जनगणना भएन, २ करोड ८० लाखदेखि ३ करोड जनसंख्या हुने प्रक्षेपण


केन्द्रीय तथ्यांक विभागले सुदूरपश्चिमका तीन भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भौतिक उपस्थितिमा जनगणना गर्न नसकिएको स्ूपष्ट पारेको छ । प्रत्यक्ष उपस्थित भएर जनगणना गर्न भारतीय अवरोधपछि अहिले टेलिफोन र इन्टरनेटबाटै तथ्यांक संकलन भइरहेको विभागले जनाएको हो ।

विभागका महानिर्देशक नेबिललाल श्रेष्ठले भने, ‘भौतिक उपस्थितिमा जनगणना गर्न सकिएन, अहिले टेलिफोन र इन्टरनेटबाटै तथ्यांक संकलन गरिरहेको बताए । उनले संकलन भएपछि रिपोर्ट निकाल्ने बताएका छन् ।

उनका अनुसार जारी जनगणना सम्पन्न भएको छ। विभागको अनुमानमा नेपालको ताजा जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडसम्म हुनेछ।

आगामी तीन महिनाभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने विभागको तयारी भएको बताएको छ।

छुटफुटको फोन गरेको आधारमा र यसअघि घर सूचीकृत भइसकेकाको ४र५ दिन संकलन गरिने पनि विभागको भनाइ छ। गणकहरुले सहरी क्षेत्रमा गेट बन्दा भएक कारण सही तथ्याङक संकलनमा समस्या भएको बताएका थिए ।