हालाण्डको कीर्तिमान


काठमाडौं, मंसिर १२। जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।शनिबार राति भएको खेलमा डर्टमण्डले वुल्फबर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।वुल्फबर्गको मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर डर्टमण्डले जित निकालेको हो । खेलको दोस्रो मिनेटमा वोउट वेघोर्ट्सले गोल गर्दै वुल्फबर्गलाई सुरुआती अग्रता दिलाएका थिए ।

इम्री क्यानले ३५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै डर्टमण्डलाई १-१ गोलको बराबरीमा ल्याए ।खेलको ५५ औं मिनेटमा मालेनले गोल गर्दै डर्टमण्डलाई २-१ को अग्रता दिलाए ।त्यसपछि खेलको ८० औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई ३-१ को जित दिलाए ।चोटबाट मुक्त हुँदै खेलमा फर्किएका हालाण्डले कीर्तिमान समेत बनाए ।हालाण्डले बुन्डेसलिगामा ५० गोल पूरा गर्ने सर्वाधिक कान्छा खेलाडीको कीर्तिमान बनाए । उनले २१ वर्ष १ सय २९ दिनमा ५० गोल पूरा गरेका हुन् ।हालाण्डले ५० खेलमा ५० गोल पूरा गरेका हुन् ।