कोलम्बसका भुटानी नेपाली डाक्टर


तेस्रो देश पुनर्वासपछि नेपाली मुलका भुटानीहरुले बिस्तारै विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति जनाउँदै आएका छन्। जातीय सफायाको नाममा भुटानी सरकारले नेपालभाषी भुटानी (ल्होत्साम्पा) लाई देश निकाला गरे पनि पुनर्वास भएका विभिन्न देशमा आफ्नो लगन, मेहनतले सफलतातर्फ उन्मुख छन्।

आफ्नो मातृभुमिबाट लखेटिएपछिको दुखदायी जीवन, चरम दुख, पीडा, ताप, सघर्ष, अनिश्चितता झेलेका थुपै्र भुटानी नेपालीहरु तेस्रो मुलुकमा आफ्नो, बल, मेहनत र पौरखले समृद्घितर्फ लम्किरहेका छन्। तेस्रो देशको पुनर्वाससंगै बिस्तारै लोभलाग्दो उपलव्धि हासिल गरिरहेका छन्।

डिल्ली अधिकारी, भानु फुयालजस्ता ब्यवसायी आफ्नो ब्यबसायमार्फत उचाइ हासिल गरिरहेका छन्। समाजसेवाको क्षेत्रमा डिल्लीले उदाहरणीय काम गरिरहेका छन्। ओहायोकै रेनोल्सबर्गको सिटी काउन्सिलमा नेपालभाषी भुटानी अमेरिकन भुवन प्याकुरेल निर्वाचित भएर स्थानीय राजनीतिमा सक्रिय छन्।

किरण गजमेर गायन क्षेत्रबाट बिश्वभरका नेपालीको मन जितिरहेका छन्। आइटी इन्जिनियर हरि सुवेदीले नासामा संलग्न रहेर आफ्नो समुदायको नाम उचो राखेका छन्।अमेरिकामा सबैभन्दा बढी नेपालभाषी भुटानी बस्ने ओहायोको राजधानी कोलम्बसमा भुटानी नेपाली समुदायको पहिलो डाक्टरका रुपमा काम थालेका छन् निपेन कटेलले।

चिकित्सा क्षेत्रमा पनि भुटानी नेपालीले आफ्नो उपस्थिति देखाउन थालेका छन्। अमेरिकामा सबैभन्दा बढी नेपालभाषी भुटानी बस्ने ओहायो राज्यको राजधानी कोलम्बसमा मेडिकल डाक्टरका रुपमा काम गरिरहेका छन् निपेन कटेल। उनी कोलम्बसको माउण्ट कार्मल सेन्ट एन्स हस्पिटलमा रेजिडेन्ट डाक्टरका रुपमा कार्यरत छन्।

उनी कार्यरत रहेको कोलम्बस र यसको आसपास क्षेत्रमा भुटानबाट नेपाल हुदै आएका ३० प्रतिशतभन्दा बढी नेपाली भाषी भुटानीको जनसंख्या बस्छ। रेनोल्सबर्गसंगै सेन्ट्रल ओहायोका कोलम्बस, पिकरिन्टन, क्यानल विन्चेष्टर, पटासकला, ब्ल्याकलिक, गाहानामा झण्डै ३० हजारभन्दा बढी भुटानी नेपाली रहेका अनुमान छ।

यो क्षेत्रलाई सेन्ट्रल ओहायो भनेर चिनिन्छ। यस क्षेत्रमा बाहिरी मुलुकबाट आएकामध्ये तेस्रो बढी बोलिने भाषामा पर्छ नेपाली। अंगे्रजीपछि स्पेनिस पहिलो, सोमालियन दोस्रो र नेपाली तेस्रो बढी बोलने भाषा हो।कोलम्बसका नेपालीहरुको संस्था सेन्टर ओहायो नेप्लिज एसोसियसन (कोना) का अध्यक्ष डा.डामोदर पौडेल भुटानी नेपालीको ठूलो जनसंख्या रहेको यस क्षेत्रमा निपेनजस्ता आफ्नो समुदायको मान्छे चिकित्सा क्षेत्रमा आउ“दा समुदायलाई निकै ठुलो फाइदा पुग्ने बताउँछन्।

ओहायोको चिलिकथेको होपवेल हेन्थ सेन्टरमा लामो समयदेखि चिकित्सकका रुपमा कार्यरत उनी भन्छन्, ‘उहाँबाट कोलम्बसमा भएका नेपालभाषी समुदाय भाषादेखि अरु धेरै कुरामा सहजतासँगै लाभान्वित हुनेछन्।’कोलम्बसका रहेको भुटानी नेपालीहरुको संस्था भुट्नीज कम्युनिटी अफ सेन्ट्रल ओहायोका कार्यकारी निर्देशक सुदर्शन प्याकुरेल तेस्रो देश पुनर्वासपछि पनि हरेक क्षेत्रमा आफ्ना समुदायका मान्छे अगाडि आउँदा आफ्नो समुदायको लागि गर्वको विषय बनेको बताउँछन्। उनी भन्छन्, ‘यो सबै हामी यहाँ भएका सबै नेपालभाषीका लागि गौरवको कुरा हो।’

‘निकै ठुलो दुख गरेर यो ठाउमा आइपुगे ’ कोलम्बसबाट आफ्नो समुदायको पहिलो ठाक्टर बनेका उनी सगर्व भन्छन् ‘आत्मविश्वास र बलियो साहस र केही गर्ने हुटहुटी भएपछि जीवनमा केही गर्न सकिन्छ।’लिंकन मेमोरियल युर्निभर्सिटी टेनेसीबाट एमबीबीएस गरेका निपेनले जर्जिया स्टेट युर्निभर्सिटीबाट बायोलोजीमा स्नातक गरेका थिए। एमबीबीएसको अध्ययन सकाएपछि माउण्ट कार्मल हस्पिटलमा डेढ वर्षअघि काम थालेका उनी तेस्रो देशमा पनि यति ठूलो आफ्नै समुदायमाझ रहेर उनीहरुका लागि काम गर्न पाउनु गर्वको विषय रहेको बताउँछन्।

‘निकै ठुलो दुख गरेर यो ठाउमा आइपुगे ’ कोलम्बसबाट आफ्नो समुदायको पहिलो ठाक्टर बनेका उनी सगर्व भन्छन्, ‘आत्मविश्वास र बलियो साहस र केही गर्ने हुटहुटी भएपछि जीवनमा केही गर्न सकिन्छ।’ कोलम्बस नजिकैको ब्लाकलिकमा बस्दै आएका उनी फ्यामिली मेडिसिनमा एमडी गरिरहेका छन्।निपेनका पिता नारायण कटेल भुटानी नेपाली समुदायका अगुवा हुन्। भुटानको साम्चीमा जन्मेका उनले भुटानका लागि कुवेतको कन्सुलेट र रोयल भुटनिज एम्बेसी नयाँ दिल्ली भारतमा कुटनीतिज्ञको रुपमा काम गरेका थिए।

उनी १९९० को दशकमा नेपालीभाषी आफ्ना नागरिकलाई हिंसामा उत्रिएर भुटानी राजा जिग्मे सिंगे वाङचुङको सरकारले बलजफ्ती गरेर निकाला गरेपछि राजदूताबासको जागिर छोडेर नेपाल आएका थिए । कटेल हाल पेन्सिलभेनिया राज्यको पिट्सबर्ग शहरमा बस्दै आएका छन्। निपेनका हजुरबुवा पुर्वी नेपालको सोलुखूम्बुको नेचाबाट भुटान गएका थिए।निपेनबाहेक यदु धिताल, दिनेश चौहान, तोताद्री धिमाल, दुर्गा आचार्य, डोरा ढकाललगायतका भुटानी नेपालीहरु अमेरिकाका विभिन्न राज्यमा मेडिकल अध्ययन गरेका छन् /गरिरहेका छन्। भुटानमै रहँदा चिकित्सक रहेका छबिलाल तिम्सिना अहिले मिनिसोटामा चिकित्सककै रुपमा कार्यरत छन्।