कांग्रेस नेतृ न्यौपाने उपसभापतिमा प्रतिस्पर्धा गर्ने तयारी


काठमाडौं, मंसिर १२।  नेपाली कांग्रेसको महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले आगामी महाधिवेशनमा आफू पार्टीको केन्द्रीय उपसभापतिमा प्रतिस्पर्धा गर्ने दाबी गरेकी छन् ।

पार्टी संस्थापन पक्ष निकट मानिने न्यौपानेले आज सामाजिक सञ्जाल मार्फत् आफू पार्टीको केन्द्रीय उपसभापतिमा उठ्ने बताएकी छन् । दुईपटक पार्टीको केन्द्रीय सदस्य बनिसकेकी न्यौपाने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली १ मा पराजित भएकी थिइन । उनी टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसँग पराजित भएकी हुन ।

‘साथीहरु संविधानमा सभामुख वा उपसभामुख मध्ये एक महिला, त्यसैको भावना अनुरुप स्थानिय तहमा मेयर वा उपमेयरमध्ये एक जना महिला, अध्यक्ष वा उपाध्यक्ष मध्ये एक महिला निर्वाचित हुनुपर्ने व्यवस्था गर्यौं, भन्नेमा उनको जोड् छ ।

उनले फेसबुकमा ‘संविधानको मर्म अनुरुप अब हाम्रो पार्टीमा पनि सभापति वा उपसभापति मध्ये एक महिला। साथीहरू दुई पल्ट केन्द्रीय सदस्य तपाईंहरुको साथले निर्वाचित भएँ। अब मेरो चाहना नेपाली काँग्रेसको केन्द्रीय उपसभापतिमा छ।’ भनि लेखेकी छन् ।

नेकपा एमालेका महाधिवेशन जारी छ भने नेपाली कांग्रेसको महाधिवशन समेत नजिक आइरहेको समयमा आकाक्षिहरु बढी देखिएका छन् ।