एमाले महाधिवेशनमा ओली सर्वसम्मतिको प्रयासमा, भीम रावल प्रचार प्रसारमा व्यस्त


काठमाडौं, मंसिर १२। चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास जारी रहँदा निर्वाचन प्रक्रिया अनिश्चित बनेको छ ।

आइतबर बिहानदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइने भनिएको भए पनि अहिलेसम्म अघि नबढेको हो । अपराह्णसम्म निर्वाचन प्रक्रिया बढ्न नसक्दा कार्यकर्ताहरु अलमलमा परेका छन् ।

सहमति गराएर नामावली प्रकाशन गर्ने कसरतमा अध्यक्ष ओली र वरिष्ठ नेताहरू लागिपरेको बताइएको छ । बन्द सत्रबाट सर्वसम्मति गराउने अधिकार पाएका ओलीले पदाधिकारीका आकाङ्क्षी र विभिन्न समूहका नेताहरूसँग छलफल तीव्र बनाए पनि सहमति जुट्न नसक्दा निर्वाचनको सहमति भन्नेमा थप अन्यौल बढेको हो ।

नेताहरू सहमति गर्ने प्रयासमा जुटेका कारण निर्वाचन प्रक्रिया ढिलो भएको दशौँ महाधिवेशन आयोजकले बताएका छन् । सहमति नभएको खण्डमा सहमति हुन नसकेका पदको निर्वाचन हुने तयारीमा निर्वाचन आयोग लागी परेको हो ।बन्द सत्रको भेलाले शनिवार केन्द्रीय कमिटीमा नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिएको थियो।

जनवादी केन्द्रियतको अभ्यास नभएको भनि एक लैटी गर्न खोजेको भन्दै नेतृत्वको आलोचना समेत भएको छ । यता अध्यक्षमा उपाध्यक्ष डा भीम रावलले अध्यक्षको रुपमा उम्मेदवारी घोषणा गरेको छन् । ओलीले आफ्नै गुटका नेतालाई भागबण्डा गर्दा यता रावलले भने प्रचारलाई तिव्रता दिएका हुन ।