![](https://i0.wp.com/www.indreni.com/wp-content/uploads/2021/11/messi-goal-on-psg.jpg?fit=1097%2C768&ssl=1)
![](https://i0.wp.com/www.indreni.com/wp-content/uploads/2021/11/messi-goal-on-psg.jpg?fit=1097%2C768&ssl=1)
काठमाडौं, मंसिर १३। स्टार खेलाडी लिओनल मेस्सीले तीन असिस्ट दिएपछि फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।आइतबार भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित सेन्ट इटिएनलाई ३-१ अन्तरले पराजित गरेको हो ।
पीएसजीको जितमा मेस्सीले तीन असिस्ट दिँदा मार्विन्होसले २ तथा एन्जेल डि मारियाले १ गोल गरे । जितसँगै पीएसजीले १५ खेलमा ४० अंक जोड्दै शीर्ष स्थानमा छ । सेन्ट इटिएन १२ अंक जोडेर २०औँ स्थानमा छ ।