नेपाली कांग्रेसमा युवा पुस्ताको आकर्षण बढ्दो,१९ वर्षकी पुरी महाधिवेशन प्रतिनिधि


काठमाडौं, मंसिर १३।नेपाली कांग्रेसमा युवा पुस्ताको आर्कषण निकै बढेको छ । देशव्यापी रुपमा वडा सभापति, क्षेत्रिय र जिल्ला सभापति मात्र होइन महाधिवेशन प्रतिनिधिमा समेत युवा पु चयन भएका छन् ।

सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले कांग्रेस महाधिवेशन प्रतिनिधिमा विजयी भएकी हुन । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट पुरीले महाधिवेशन प्रतिनिधिमा जित हात पारेसँगै नयाँ पुस्तामा आर्कषण थपिएको हो ।

उनी खुला महिलातर्फको उम्मेदवार थिइन्। महाधिवेशन प्रतिनिधिको लागि भएको निर्वाचनमा उनले खसेकोभन्दा सबैभन्दा धेरै ४०९ मत प्राप्त गरी विजयी भएकी हुन ।

पछिल्लो समय देशभर तल्लो तहबाट युवा नेतृत्व छानिने क्रम चलिरहेको समयमा पुरीले पनि जित हात पारेकाले पुरानो पुस्ता ओझेरमा पर्दै गएको हो । पुरी कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागअन्तर्गत महिला प्रचार नेटवर्ककी सदस्य समेत हुन ।

सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ बाट २५ जना महाधिवेशन प्रतिनिधि चुनिएका हुन ।