कांग्रेसको काठमाडौं जिल्ला सभापतिसहित देउवाको प्यानल नै पराजित


नेपाली कांग्रेस काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवाको प्यानल पराजित भएको छ । प्रकाशमान सिंह र गगन थापाको पुरै समूह विजयी भएको छ।

यो समूहको प्यानल नै विजयी भएको हो। सभापतिमा कृष्ण बानियाँ सबुजले १ हजार ९ सय ५७ मत ल्याएर विजयी भएका हुन्।

उपसभापतिमा गोकर्ण केसी १ हजार ९ सय २२ मत पाएर विजयी हुँदा सचिवमा इन्द्र बहादुर थापा १ हजार ९ सय १५ मत पाएर विजयी भएका छन्। सहसचिवमा अमिता प्रधान २ हजार ६६ मत ल्याएर विजयी भएकी छिन्। यता ललितपुरमा समेत नेतृत्व आइसकेको छ ।