राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा


राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापाले उम्मेदवारी घोषणा गरेका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गरेर उनले भावी अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।

यता राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा नगर्ने निर्णय गरेका हुन ।

मंसिर १५ देखि १९ गतेसम्म हुन लागेको महाधिवेशनमा यसअघि नै नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणा गरेका थापाले पनि जबराले अध्यक्षका लागि प्रतिस्पर्धा नगर्ने निर्णय लिएको जानकारी दिएका छन्। तर उनले आफू सहमतिको पक्षमा रहेको बताएका हुन ।

थापाले पटक–पटक फुटबाट गुज्रिएको पार्टीलाई एक बनाइराख्ने प्रतिवद्धतासहित जबराले अध्यक्षमा नउठ्ने निर्णय लिएको बताए।

उनले जबराको साथ आफूलाई नै मिल्ने पनि विश्वास लिएका छन्। उता लिङ्देनलाई नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुख समेत रहेका नेता धवल शमशेर जबराले साथ दिएका हुन ।

यता पशुपति शमशेरले भने भावी अध्यक्षमा उठ्न लागेका कुन नेतालाई समर्थन गर्ने भन्ने टुंगो गरिनसकेको उनीनिकट एक नेताले बताएका छन्।