एमाले नेता लालबाबु पण्डितबाट महाधिवेशन बहिस्कार गरी काठमाडौं तिर


नेकपा एमालेको जारी १० औं महाधिवेशन बहिस्कार गरी केन्द्रीय सदस्य पद अस्वीकार गरेर नेता लालबाबु पण्डित मतदान नगरी काठमाण्डौ हिडेका छन् ।

पदाधिकारीको आकांक्षी रहेका उनलाई अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै प्रस्ताव गरेको सूचीमा केन्द्रीय सदस्यमा राखेपछि असन्तुष्ट बनेका हुन ।

पूर्व मन्त्री समेत रहेका पण्डितले विहान सामाजिक सञ्जालमा लेखेका थिए, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना।’

यति लेखेर उनी महाधिवेशन स्थलबाट बाहिरिएका छन्। म काठमाडौं जाँदैछु मेरो जिम्मेवारी सकियोु, पण्डितले भनेका छन् । सर्वसम्मत गर्ने भनिएको थियो, तर नभएपछि भोट नहाल्ने सोचका साथ हिडेको बताएका छन् ।

अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा चुनाव हुने निश्चित छ । उनी अब आफू संगठित सदस्यका रुपमा मात्र रहने बताएका छन्। पण्डित सुरुमा माधवकुमार नेपाल पक्षसँग रहेका भएपनि पछि ओली पक्षमा लागेका थिए ।