एमालेमा नयाँ नेता छान्न आज राति ९ बजेदेखि मतदान हुने


नेकपा एमालेको नयाँ नेतृत्वका लागि सोमबार राति ९ बजेदेखि मतदान हुने भएको छ। चितवनमा जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रका क्रममा नयाँ नेतृत्वका लागि मतदानको कार्यतालिका समय निश्चित भएको हो ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान राति ९ बजेदेखि १४ गते बिहान १ बजेसम्म हुनेछ। निर्वाचन आयोगले प्रकाशित गरेको सूचनामा मतदान सम्पन्न भएपश्चात १४ गते नै मतगणना गरिने, सोही दिन निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम रहेको छ।

एमालेमा केपी ओलीविरुद्ध अध्यक्षमा भीम रावलले चुनौति दिएका छन् भने ओलीले चयन गरेको नामावलीविरुद्ध घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदावारी दिएका छन्। अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी परेको छ।