एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै


१४ मंसिर, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेकाे छ । राति ९ बजेदेखि राति १ बजेसम्म मतदानको समय तय गरिएकोमा निर्धारितभन्दा सात घण्टापछि मतदान सुरू भएको हो ।

अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली, भीम रावलले मतदान गरिसकेका छन् । त्यस्तै विष्णु पौडेल, प्रदीप ज्ञवाली, शेरबहादुर तामाङलगायतका नेताले पनि मतदान गरिसकेका छन् । एमालेले विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था मिलाएको छ ।

विद्युतीय भोटिङ मेसिन प्रयोगका कारण मतदान, मतगणनालगायतका कार्यमा सहज र छरितो हुने भनिएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले आज बिहान ८ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ । पदाधिकारीको अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान हुँदैछ।