मोबाइल डिभाइससम्बन्धी प्रणाली तत्काल लागू गर्न अर्थमन्त्रीको ताकेता


अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस तत्काल लागू गर्न निर्देशन दिएका छन ।

उनले मोबाइल वितरक सङ्घको दोश्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै एमडिएमएस लागू नहुँदा नेपालमा अवैध मोबाइल आयात भइरहेकाले त्यसलाई तत्काल रोक्नु पर्ने बताएका हुन । नेपालमा अवैधरुपमा अवैध काम हुँदै आएको छ उनको भनाई छ ।

मन्त्री शर्माले यहि महिनादेखि एमडिएमएस लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका हुन । अवैध आयातकर्तालाई पोस्न एमडिएमएस लागू नभएको हुनसक्ने भएकाले अब तत्काल यो सिस्टम लागू हुने जानकारी दिए ।