राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनको सम्बोधन


राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन अन्तरगत राजधानीमा सुरु भएको उद्घाटन सत्रमा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले सम्बोधन गरेका छन् । कार्यकर्ताहरूले उनको समर्थनमा मासबाट हुटिङ समेत गरेका छन् ।

कार्यकर्ताहरूले राजेन्द्रको पक्षमा चर्को हुटिङ गर्दै स्वागत गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राप्रपाको मुद्दा अहिले सडकमा लोकप्रिय बनिरहेको दाबी गरे ।
तर सोही एजेण्डा बोकेको पार्टीको अवस्था भने कमजोर रहेको बताउँदै उनले पार्टीलाई पुनः गति दिन जरुरी रहेको जिकिर गरे ।

आजदेखि सुरु भएको राप्रपाको महाधिवेशन मंसिर १७ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । राप्रपाको नेतृत्वको दौडमा लिङ्देन र कमल थापा छन् ।