माओवादीको स्थायी समिति बैठक बस्दै


नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पार्टी मुख्यालय पेरिसडाँडामा बस्दैछ। बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रको सचिवालयले जनाएको छ ।

बैठकमा पार्टीको आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल हुने उनले बताए। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।

सम्मेलनको तयारीस्वरुप यतिबेला माओवादी केन्द्र वडादेखि प्रदेशसम्म नयाँ नेतृत्व चयन गरिरहेको छ।

‘आजको बैठकमा पार्टीको सम्मेलन प्रस्तुत गरिने पार्टीका विधान, प्रतिवेदन, सम्मेलनको व्यवस्थापन, प्रतिनिधि छनोटको मापदण्ड लगायतका विषयमा छलफल हुनेछ ।