नायिका रेखा थापाको राप्रपा महामन्त्रीमा उम्मेदवारी


नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०को महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छन् । यसअघि सो पार्टीका केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले महिलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् ।

थापा केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा उनीसँगै देखिएकी थिइन् । राप्रपा प्रवेश गर्नुअघि थापा नेकपा माओवादीमा थिइन् । राप्रपामा नयाँ नेतृत्वको चयनका लागि शुक्रबार मतदान हुन लागेको छ । राजधानीमा बुधबारदेखि सुरु महाधिवेशन अहिले जारी छ । राप्रपामा उनीसंगै राजनीति थालेकी सञ्चारकर्मी तथा गायिका कोवल वली एमालेमा प्रवेश गरी राष्ट्रिय सभा सदस्य बनेकी छन् भने अहिले केन्द्रिय सदस्यमा निर्वाचति भएकी छन् ।