जर्मनीमा खोप नलगाएकाहरुलाई सार्वजनिक ठाउँमा प्रतिबन्ध


जर्मनीमा कोरोनाविरुद्धको खोप नलगाएकाहरुलाई सार्वजनिक ठाउँमा प्रतिबन्ध गरेको छ । उनीहरु सार्वजनिक ठाउँमा घुम्न र जमघट हुन नपाउने भएका हुन् । त्यस्तै सामान खरिद गर्न जान पनि पाउने छैनन् ।

जर्मन चान्सलर एञ्जेला मर्केलले कोरोनाको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि यो निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रेष्टुरेण्ट, सिनेमा हल, सपिङ मल जस्ता सार्वजनिक ठाउँमा खोप लगाएका वा भर्खरै कोरोना निको भएकाहरुलाई मात्रै प्रवेशका लागि अनुमति दिइनेछ । जर्मनीमा आउँदो फेब्रुअरीदेखि सबैका लागि खोप अनिवार्य गरिएको छ ।

यता नेपालमा पनि कोरोना विरुद्धको खोप प्रयाप्त मात्रामा भएपनि लगाउन जाने मानिसहरु कम हुदाँ खोप थन्किएको छ । कोरोनाबाट बच्ने उत्तम उपाय भनेकै स्वास्थ्यका मापदण्ड पालना गर्नु र खोप लगाउनुनै अन्तिम विकल्प हो ।