संसद बैठक आब्हान भएपनि एमालेले बैठक चल्न नदिने


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आब्हान गरिएको संसद बैठक चल्न नदिने भएको छ। दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि केन्द्रीय कार्यालय थापाथलीमा पदभार ग्रहणका क्रममा अध्यक्ष केपी शर्मा ओलीले संसद चल्ननदिने अडान दोहो¥याएका हुन ।

सभामुख अग्नि सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै ‌ओलीले यही अवस्थामा संसद चल्न नसक्ने स्पष्ट पारेका हुन । ओलीले सभामुख सापकोटामाथि पनि आक्रोश व्यक्त गर्दै अवैध ढंगले एमाले फुटाएको आरोप समेत लगाएका छन् ।

सभामुख एमालेविरुद्ध सत्ता पक्षीय गठबन्धनसँग मिलेर लागेको भन्दै अवैध ढंगले एमाले फुटाएको जिकिर गरे । ओलीले सभामुखले निष्पक्ष काम नगरेकव बताउँदै आफूहरुले १४ सांसदलाई गरेको कारबाही सदर नगरेकोमा असन्तुष्ट व्यक्त गरेका हुन ।

सभामुखले एमाले पार्टीका सांसदमाथिको कारबाहीलाई सदर नगरेर संसद र सरकारमा सहभागी गराएको आरोप लगाएका छन् । साउन २५ गते कारबाही गरेका संसद अहिले सरकारमा रहेको भन्दै एमालेविरुद्ध सभामुख प्रयोग भएका बताए । त्यसैले आगामी दिनमा समेत संसद बैठक अघि बढ्न नसक्ने ओलीले स्पष्ट पारेका हुन ।

यसअघि एमालेले साउन २५ गते एमालेका माधव नेपालसहित १४ सांसदमाथि कारबाही गर्नुनपर्ने निर्णय सभामुखले लिएका थिए।

निर्वाचन आयोगले नेपालको समाजवादी पार्टीलाई मान्यता दिइसकेपछि मात्रै सभामुखले यो निर्णय लिएका थिए। त्यसपछि बसेको संसदमा एमालेले निरन्तर अवरोध गरिरहेको छ। एमालेको अवरोधबीच सरकारले पनि संसदलाई कुनै बिजनेस दिन सकेन।

यस्तो अवस्थामा यही मंसिर २८ गतेदेखि बस्ने गरी बोलाइएको संसद बैठकमा पनि एमालेले अवरोध गर्ने रणनीति बनाएको हो।