नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेश अधिवेशनमा मतदान सुरु


नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । शनिबार विहान १० बजेपछि धनगढीस्थित निर्माण व्यवसायी महासंघ कैलालीको कार्यालयमा मतदान भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र चुनावी प्रतिस्पर्धामा छन् । बलायर र मिश्र प्यानलसहित चुनावी दौडमा उत्रेका हुन ।

बलायर देउवा समूहबाट सभापतिको उम्मेदवार बनेका छन् भने मिश्रलाई पौडेल समूहको समर्थन छ ।​ बलयारको प्यानलबाट उपसभापतिमा जनक चौधरी र लोकराज अवस्थी उम्मेदवार बनेका छन् ।

महामन्त्रीमा नरनारायण शाह मनु र मेघराज खड्का उम्मेदवार बनेका छन् भने सहमहामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका चलाउनेलाई उम्मेदवार बनाइएको छ ।

यस्तै मिश्र प्यानलबाट उपसभापतिमा मनबहादुर रावल र गोपाल गुरुङले उम्मेदवारी दिएका छन् । यस्तै महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाहीले उम्मेदवारी परेको छ भने सहमहामन्त्री पदमराज पन्त, नरेन्द्र भट्ट र खिना भण्डारी कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।