विराटनगर पुगेर महेश आचार्य उपसभापतिमा उठ्ने घोषणा


नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले आसन्न महाधिवेशनमा आफू उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्।

विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै आचार्यले कांग्रेसको विधान, नीति र प्रशिक्षणहरूको नेतृत्व गर्न आफू उपसभापति पदमा उम्मेदवारी दिन लागेको बताए।

उनले कांग्रेर वैचारिक हिसाबले विचारशून्य बन्दै गएको, सैद्धान्तिक वैचारिक छलफल हुन छोडेको बताए।

‘पार्टीमा प्रदूषित निर्वाचन प्रणाली मात्र हावी भयो, सैद्धान्तिम(वैचारिक छलफल हुन छोड्यो,’ पूर्वमन्त्री आचार्यले भने।

उनले त्यस्तो वैचारिक हिसाबले कांग्रेसलाई अगाडि बढाउने सभापति को ?भन्ने प्रश्नमा भने, ‘सभापति जो भए पनि म उहाँलाई कन्भिन्स गरेर अघि बढ्छु।’