म्यान्मारमा संकट : प्रजातन्त्रवादी नेतृ सुकीलाई ४ वर्ष जेल सजाय


काठमाडौं, मंसिर २०। म्यान्मारमा सैन्य ‘कु’ पछि संकट अझ गहिरिएको छ । प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई म्यान्मारको अदालतले चार वर्ष जेल सजाय तोकेको छ । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।

उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्ल‌ंघन गरेका अभियोग लगाइएको थियो ।यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले आरोप लगाउँदै आएको छ ।