![](https://i0.wp.com/www.indreni.com/wp-content/uploads/2021/12/heli_Cef8fYfvZN.jpg?fit=800%2C450&ssl=1)
![](https://i0.wp.com/www.indreni.com/wp-content/uploads/2021/12/heli_Cef8fYfvZN.jpg?fit=800%2C450&ssl=1)
काठमाडौं, मंसिर २१। पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ । इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरु मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेबको ज्यान गएको हो ।
पाकिस्तानको कब्जामा रहेको गिलगिट–बाल्टिस्तानको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको ज्यान गएको समाचार संस्था (एएनआई)ले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।