साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली ढाका उड्दै


काठमाडौं, मंसिर २१। साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली बंगलादेश प्रस्थान गर्ने भएको छ । बंगलादेशमा हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार दिउँसो १ः४५ बजे त्रिभूवन विमानस्थलबाट उड्ने बताइएको छ ।

खेलाडी तथा पदाधिकारीहरुको भने अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार नै विदाइ गरेको थियो । नेपालले साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा बंगलादेश, श्रीलंका, भूटान र भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

उक्त प्रतियोगिता डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा हुनेछ । बंगलादेश जाने नेपाली टोलीमा मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठ सहित २३ सदस्य रहेका छन् । अघिल्लो सिजनमा उपविजेता बनेको नेपालले यो पटक उपाधि कब्जा गर्ने लक्ष्य लिएको छ । यो पटक टोलीमा

अन्जना रानामगर, सावित्री किशन, अंकिता राई, सलोनी रानामगर, सबिना चौधरी, मन्जुकुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला बिक, रश्मीकुमारी घिसिङ, सदीपा भोलान, चन्द्रा भण्डारी, खुश्मा राई, दिपा शाही, कुसुम खतिवडा, सबिता रानामगर, सरस्वती हमाल, प्रिती राई, अमिशा कार्की, मेनुकाकुमारी आले मगर रहेका छन् ।

नेपालको खेल तालिका

पहिलो खेल आयोजक बंगालदेशसँग डिसेम्बर ११ तारिखमा, दोस्रो खेल श्रीलंकासँग डिसेम्बर १५, तेस्रो खेल भूटानसँग डिसेम्बर १७ र चौथो खेल १९ डिसेम्बरमा भारतबिरुद्ध खेल्ने छ ।त्यसपछि अंक तालिकाको शिर्ष दुई टीमबीच फाइनल खेल हुने छ ।