कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक


काठमाडौं, मंसिर २२। नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३ सय १९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो ।

यो सूचीमा विवादका कारण सम्पन्न हुन नसकेको महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश नभएको कांग्रेसले जनाएको छ ।

आधिकारिक सूची भने यही मंसिर २४ गते शुक्रबार सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।