रमेश खरेलले आज नयाँ दल घोषणा गर्दै


काठमाडौं, मंसिर २४। नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आज ‘नेपाल सुशासन पार्टी’ नामक नयाँ दल घोषणा गर्दैछन् । सुशासनअभियानमार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका हुन् ।

राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका हुन् ।