नाडा अध्यक्षमा थापा विजयी


अटो मोबाइल्स एसोसिएसन अफ नेपाल नाडाको अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापा अध्यक्ष पदमा विजयी भएका हुन ।

फोर्स मोटरको नेपालमा आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले कुल १ हजार ४ सय १३ मत प्राप्त गरेका हुन भने सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले १ हजार ३ सय ४७ मत सहति पराजित भएका हुन । कार्यसमिति सदस्यमा भने चौधरी प्यानलका धेरै सदस्य विजयी भएका छन् ।

३ हजार २ सय १६ मतदातामध्ये निर्वाचनमा २ हजार ७ सय ८८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।