आईएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवनको शिलान्यास


काठमाडौं, मंसिर २४। आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले का।म।न।पा। वडा नं। ३ पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको शुक्रबार शिलान्यास गरेको छ। बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले केन्द्रीय कार्यालय भवनको बिहान ८ बजेको शुभ साइतमा शिलान्यास गरेका हुन्।

सो समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका संस्थापक सेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाललगायत सम्पूर्ण सञ्चालकज्यूहरु, संस्थापक सेयरधनीहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति थियो।

बीमा समिति अध्यक्ष सिलवालले भवनको जगमा शिला राखेर शुभसाइतमा भवनको शिलान्यास गरेका थिए। उक्त शिलान्यास समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि आज शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने जानकारी दिए।